नियम १३
स्थायी कर्मचारी माग गर्ने
(१) अधिकृत तहको कुनै नयाँ पद श्रृजना भएमा वा कुनै
तरिकाबाट पद रिक्त भएमा सम्बन्धित कार्यालयले त्यस्तो पदसँग सम्बन्धित सबै विवरण
पद रिक्त भएको सात दिनभित्र मन्त्रालयमा पठाउनु पर्नेछ र सो को विवरण सामान्य
प्रशासन मन्त्रालय र निजामती किताबखानालाई समेत दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मन्त्रालयले मातहतको विभाग वा कार्यालयबाट
त्यस्तो जानकारी प्राप्त भएको सात दिनभित्र आवश्यक विवरण सहित लोक सेवा
आयोगमा स्थायी कर्मचारी माग गरी पठाउनु पर्नेछ ।
(३) सहायक तहको कुनै नयाँ पद श्रृजना भएमा वा कुनै तरिकाबाट रिक्त भएमा
सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले पद रिक्त भएको सात दिनभित्र त्यस्तो
पदसँग सम्बन्धित विवरण सहित लोक सेवा आयोग समक्ष स्थायी कर्मचारी माग गरी
पठाउनु पर्नेछ र त्यसको जानकारी मन्त्रालय र सम्बन्धित क्षेत्रीय निर्देशनालयलाई समेत
दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम पद रिक्त भएको आवश्यक विवरण नदिने सम्बन्धित
विभागीय वा कार्यालय प्रमुखलाई विभागीय कारबाही हुनेछ ।